पोषण अभियानको शुभारम्भ

शुभारम्भ २०७६ कार्तिक १६
शुभारम्भकर्ता राष्ट्रपति विध्या देवी भण्डारी
पहिलो चरणमा लागू हुने प्रदेश ५
आर्थिक सहयोग गर्ने निकाय विल एण्ड मिलिण्डा फाउण्डेसन

राष्ट्रिय योजना आयोगद्वारा कार्यान्वयनमा रहेको दोस्रो बहुक्षेत्रीय पोषण कार्ययोजना (२०१८–२०२२)लाई थप सहयोग पुर्‍याउने अभियानको उद्देश्य रहेको छ । बालबालिकालाई पोषणयुक्त, स्वच्छ, पोषिलो आहार उपलब्ध गराई उनीहरुको समग्र जीवनलाई स्वस्थ्य बनाउने र बालबालिकाका अभिभावकलाई समेत आफ्ना बालबालिकालाई कस्तो आहार खुवाउनुपर्छ  भन्ने जानकारी दिने काम अभियानले गर्नेछ ।

छ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले बलियो नेपाल नामक गैरसरकारी संस्थाले  सो अभियानको शुरुआत गरेको हो ।

Exit mobile version