नेपालको हावापानीलाई भौगोलिक बनावट र उचाइको आधारमा पाँच प्रकारका हावापानीमा विभाजन गर्न सकिन्छ ।
(क) उष्ण मनसुनी हावापानी
ड्ड अर्धउष्ण र उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराई, भाबर, दून र चुरे क्षेत्रको १,२०० मिटर (४,००० फिट) सम्मको उचाइमा पाइन्छ ।
ड्ड गृष्मयाममा यहाँको तापमान ३८ देखि ४२ डिग्री सेन्टिग्रेडसम्म पुग्दछ भने शीतकालमा १५ देखि ५ डिग्रीसम्म ओर्लिन्छ ।
ड्ड वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने गर्दछ ।
ड्ड वर्षा सामान्यता पूर्वबाट पश्चिम घट्दै जाने र उत्तरबाट दक्षिण बढ्दै जाने भएबाट पूर्वी तराईभन्दा पश्चिमी तराई प्रदेशमा अधिक गर्मी हुन्छ ।
ड्ड विषेशत भैरहवा, नेपालगञ्ज तथा कैलालीलगायतका तराई क्षेत्रमा अधिक गर्मी हुन्छ । यसैगरी दाङ, सुर्खेतजस्ता भित्री मधेशमा पनि गर्मी धेरै नै हुन्छ ।
(ख) न्यानो समशीतोष्ण हावापानी
ड्ड चुरे पहाड र महाभारत पर्वतको १,२०० देखि २,१०० मिटर (४,०००–७,००० फिट) सम्मको उचाइमा पाइने यस प्रकारको हावापानीमा ग्रीष्म याममा न्यानो हुन्छ भने शिशिरमा बढी ठण्डा हुन्छ ।
ड्ड गृष्म ऋतुमा तापक्रम २४ देखि ३० डिग्री सेन्टिग्रेडसम्म पुग्छ भने हिउदँमा ० डिग्री से. सम्म ओर्लिन्छ ।
ड्ड नेपालमा पानी पार्ने मनसुनी हावा दक्षिणी भागबाट बग्ने हुदाँ दक्षिणको भिरालो ठाँउमा २५० सेन्टिमिटरसम्म वर्षा हुन्छ भने उत्तरतर्फको भिरालो पाखामा १०० सेन्टिमिटरसम्म वर्षा हुन्छ ।
(ग) ठण्डा समशीतोष्ण हावापानी
ड्ड महाभारत पर्वत श्रृङ्खलाको २,१०० देखि ३,३५० मिटर (७,०००–११,००० फिट) सम्मको उचाइमा पाइने यस्तो हावापानीमा ग्रीष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ ।
ड्ड यहाँको तापक्रम गृष्ममा १५० देखि २०० सेन्टिग्रेडसम्म पुग्दछ भने हिउँदमा ०० सेन्टिग्रेडसम्म ओर्लिन्छ ।
ड्ड यहाँ वर्षमा १० ज्ञद्ध÷नेपाल परिचय सेन्टिमिटरसम्म पानी पर्दछ भने हिउँदमा हिँउ वर्षिन्छ ।
ड्ड न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतीपाती अत्यन्तै कम हुन्छ ।
ड्ड यहाँको जनजीवन कष्टकर भए पनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ ।
(घ) लेकाली हावापानी
ड्ड नेपालमा समुन्द्रसतहदेखि ३,३५० देखि ५,००० मिटर (११,०००–१६,००० फिट) उचाइसम्मको हिमाली क्षेत्रको ठण्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ ।
ड्ड यहाँको तापक्रम चैत, वैशाख, जेठमा १०० सेन्टिग्रेडसम्म पुग्दछ भने अरू समयमा (९ महिनाजति) ० डिग्री सेन्टिग्रेडभन्दा तल नै रहन्छ ।
ड्ड यहाँ वर्षामा ३० मिलिमिटरसम्म वर्षा हुन्छ ।
ड्ड यहाँ खेतीपाती हुँदैन, तर यहाँका ठूला हिमाली फाँटहरूमा पशुचरन गराइने हुँदा यो ठाउँ पशुपालन र पर्यटकीय गतिविधि सञ्चालनका लागि उपयुक्त छ ।
(ङ) ध्रुवीय वा हिमाली हावापानी
ड्ड हिमाली क्षेत्रको अत्यन्तै चिसो र शुष्क हावापानीलाई हिमाली, ध्रुवीय वा टुण्ड्रा हावापानी भनिन्छ ।
ड्ड यहाँ सँधैजसो हिमपात भइरहन्छ भने वर्षाका रूपमा हिउँ नै पर्दछ ।
ड्ड ५,००० हजार मी.(१६०००फिट) भन्दा माथिको भू–भागको तापक्रम शून्य डिग्री सेन्टिग्रेडभन्दा कम हुनेहँुदा यहाँ मध्यान्हपछि हिउँको भीषण हुरी चल्दछ ।
ड्ड यहाँको हावापानीलाई हिमाली मरूभूमि जलवायु पनि भन्ने गरिन्छ ।