अवस्थिती
- नेपाल पृथ्वीको उत्तरी गोलार्धमा तथा एसिया महादेशको दक्षिण तथा सार्कको बीचमा पर्दछ ।
- नेपालको सिमा उत्तरतर्फ चीनको स्वशाासितक्षेत्र तिब्बत र पूवर्, पश्चिम र दक्षिणमा भारतका प्रान्तहरु क्रमश, उत्तराखण्ड, उत्तरप्रदेश, विहार, बंगाल र सिक्किम पर्दछन्् ।
- नेपाल विश्वको नक्सामा २६० २२’ उत्तरी आक्षांश देखि ३०० २७’ उत्तरी अक्षाश तथा ८०० ४’ पूर्वि देशान्तर देखि ८८० १२’ पुर्वि देशान्तर सम्म फैलिएको छ ।
क्षेत्रफल
- नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. (५६,८२७ वर्ग माइल) रहेको छ ।
- नेपालको विश्वको कुल क्षेत्रफलको ०.०३५ र एसिया माहादेशको ०.३५ क्षेत्र ओगोटेको छ ।
- क्षेत्रफलका हिसाबले नेपालको विश्वको ९३ औ मुलुक हो ।
लम्बाई चौडाई
- नेपालको पूर्व मेची देखि मश्चिम महाकाली सम्म औसत लम्बाइ ८८५ कि.मि. र उत्तर (दक्षिण) चौडाई औसत १९३ कि.मि. छ ।
- चौडाई ः बढीमा २४१ र घटिमा १४५ कि.मि.
- नेपालको सबै भन्दा नजिकको समुद्री सीमाना ११२७ कि.मि. (७०० माइल) टाढा हिन्द महासागरमा स्थीत बंगालको खाडी हो ।
- नेपालबाट बङ्लादेश २७ कि.मि. र भुटान ३२ कि.मि. टाढा पर्दछन ।
उचाई
- समुद्री सतहदेखि ५९ मि. को उचाइमा रहेको धनुषा जिल्लाको मुसहरनिया सबै भन्दा तल्लो भु–भागा हो भने विश्वको सर्वाेच्य स्थान सगरमाथा ८८४८ मी. को उचाईको सगारमाथा नेपालको सर्वोच्य स्थल हो ।
समय
- नेपालको समय दोलखा जिल्ला स्थिति गौरीशंकर हिमाललाई काटेर गएको ८६० १५’ पूर्वि देशान्तर रेखाको आधारमा निर्धारण गरिएको हो ।
- नेपालको समय ग्प् स्थित ग्रीनबीच मिनटाइम भन्दा ५ घण्टा ४५ मिनेट छिटो रहेको छ ।
- नेपालको प्रमाणीक समय ं५ः४५ वि.स २०४२ साल वैशाख १ गतेबाट लागु गरिएको छ ।