सूर्यको वरिपरि घुम्ने सबै भन्दा ठूलो पिण्डहरुलाई ग्रह भनिन्छ ।
दुरविनको सहायताले गहन खोज गरि ग्रहहरु पत्ता लगाउन मानिसहरुलाई कयौं वर्ष लागेको थियो ।
कुनै ठूला ग्रहहरु पत्ता नलागेको धेरै वर्ष भइसक्यो, तर साना पिण्डहरु भने हरेक वर्ष पत्ता लाग्ने गरेका छन् ।
सन् २००६ मा चेक गणतन्त्रको राजधानी प्रगमा भएको इन्टरनेसनल एस्ट्रोनोमिकल यूनियन (IAU) को सम्मेलनले ग्रहलाई परिभाषित गर्दै यम ग्रहलाई फुच्चे ग्रहको सुचिमा सुचिकृत गरेको थियो ।
सौर्यमण्डलमा ग्रहहरुको सङ्ख्या आठ पुगेको छ ।